सप्तरीमा प्रहरीको गोली लागी एकको मृत्यु, १५ घाइते
फागुन - २३ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएको भने १५ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर सञ्जय मेहताको मृत्यु भएको हो ।
नेकपा एमालेको मेची – महाकाली अभियान अन्तर्गतको कार्यक्रम सकिए लगत्तै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । कार्यक्रमस्थल सप्तरीको गजेन्द्रनारायण औद्योगिक क्षेत्रको करिब १ सय मिटर पर प्रदर्शनकारी मेहताको प्रहरीको गोली लागि मृत्यु भएको हो ।
एमालेकाे कार्यक्रम सकिए लगत्तै माेर्चाका कार्यक्रताले एउटा माेटरसाइकल जलाएका थिए भने दर्जन भन्दा बढी गाडी ताेडफाेड गरेका छन् । प्रदर्शनकारीलार्इ हटाउने क्रममा झडप भएकाे हाे ।
एमालेकाे कार्यक्रमस्थल नजिक गहुँबारीमा मोर्चाका कार्यकर्ताले कालोझण्डासहित नारावागी गरि विरोध जनाएका थिए। बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहारसमेत गरेका थिए ।
झडप हुने खतरा औँल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियाे ।
jhadap
Saptari