राजनीति

एमालेको मेची – महाकाली अभियानमा तनाव, एकको मृत्यु, १५ घाइते

एमालेको मेची – महाकाली अभियानमा तनाव, एकको मृत्यु, १५ घाइते
फागुन – २३ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको भने १५ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर मलेठ गाविस वडा नं २ का सञ्जय मेहताको मृत्यु भएको हो । नेकपा एमालेको मेची – महाकाली अभियान अन्तर्गतको कार्यक्रम सकिए लगत्तै प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । कार्यक्रमस्थल सप्तरीको गजेन्द्रनारायण औद्योगिक क्षेत्रको करिब १ सय मिटर पर प्रदर्शनकारी मेहताको प्रहरीको गोली लागि मृत्यु भएको हो । उक्त घटनामा अन्य १५ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । ११ जना घाइतेलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइते मध्ये तीन जनाको भने सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एमालेको कार्यक्रम सकिए लगत्तै मोर्चाका कार्यक्रताले एउटा मोटरसाइकल जलाएका थिए भने दर्जन भन्दा बढी गाडी तोडफोड गरेका थिए । प्रदर्शनकारीलाई हटाउने क्रममा झडप भएको हो । एमालेको कार्यक्रमस्थल नजिक गहुँबारीमा मोर्चाका कार्यकर्ताले कालोझण्डासहित नारावागी गरि विरोध जनाएका थिए। बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहारसमेत गरेका थिए । झडप हुने खतरा औँल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Madeshi Morcha Saptai UNL

विशेष