राजनीति

मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै, सप्तरी घटना र समर्थन फिर्ता लिने विषयमा छलफल हुने

मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै, सप्तरी घटना र समर्थन फिर्ता लिने विषयमा छलफल हुने
फागुन–२३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आकस्मिक बैठक बोलाएको छ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागि मोर्चाको एक प्रदर्शनकारीको मृत्यु भएलगत्तै संयुक्त मधेसी मोर्चाले बैठक बोलाएको हो । मोर्चाको बैठक साँझ साढे सात बजे संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यलयमा बस्न लागेको हो । आजको बैठकमा सप्तरीको घटनाको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केन्द्रीत हुने बताइएको छ । सोमबार दिउँसो नेकपा एमालेको मेची –महाकाली अभियानअन्तर्गतको राजविराजको कार्यक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा मोर्चाका एक कार्यकर्ता संजय मेहताको मृत्यु भएको थियो भने १५ जना प्रर्दशनकारी घाइते भएका थिए । उक्त घटनामा ३ दर्जन वढी सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

आकस्मिक बैठक मधेसी मोर्चा सप्तरी घटना

विशेष