मेची-महाकाली अभियानलार्इ तीन दिन रोक्ने निर्णय, मोर्चाका कारण अकल्पनीय क्षति-एमाले
फागुन – २३ । नेकपा एमालेको मेची-महाकाली अभियान तीन दिनका लागि स्थगित गरिएको छ । सप्तरीको राजविराजमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपपछि सोमबार साँझ बसेको एमाले स्थायी समितिको बैठकले अभियानलाई तीन दिन स्थगित गर्ने निर्णय गरेको हो ।
सप्तरीको राजविराजमा प्रहरी र मधेसी मोर्चाका कार्यकताबीच भएको झडपमा सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य एकको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनापछि सप्तरीको रुपनगरमा बसेको एमालेको कामस्मिक बैठकले अभियानलाई रोक्ने भएको हाे ।
राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियाे । सो झडपमा १५ जनाभन्दा वढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने सुरक्षाकर्मी तर्फ ३ दर्जन घाइते भएका छन् । मोर्चाका कारण राजविराजमा अकल्पनीय क्षति भएको भन्दै एमालेले यसमा दुःख व्यक्त गरेको छ ।
KP Sharma Oli
Madheshi Morcha
Saptari
UML