मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ

फागुन - २४ । बजार बन्द गराउँदै हिँड्नेक्रममा प्रहरीले मंगलबार सिरहा, लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् ।
Madheshi Morcha