राजनीति

भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का

भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का
फागुन - २४ । जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वाचित भएका छन् । सोमवार भएको स्ववियु निर्वाचनमा खड्का सभापतिमा निर्वाचित भएका हुन् ।
सोमबार भएको निर्वाचनमा ६५ मत ल्याएर भेरीज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का विजयी भएका छन् । त्यसैगरी खड्काका निकटतम प्रतिद्वन्दी जनक सिंहले ५८ मत प्राप्त गरेका थिए । खड्का बामपन्थी प्यानलका सभापति उमेरदवार हुन भने सिंह प्रगतिशित प्यानलका उमेरदवार हुन् । खड्का नेकपा एमाले निकट अनेरास्ववियुका प्रतिनीधि हुन भने, सिंह नेपाली कांग्रेस निकट नेविसंघका प्रतिनीधि हुन् । भेरी ज्ञानोदय क्याम्पसका निमित्त प्रमुख चन्द्रबहादुर बढाले दिएको जानकारीअनुसार प्रगतिशिल प्यानलवाट नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कि मनसरा नेपाली ६१ मत प्राप्त गरेर स्ववियु सचिव पदमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी बामपन्थी प्यानलवाट नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का प्रेमबहादुर बस्नेतले ५९ मत प्राप्त गरेका थिए । त्यसैगरि प्रगतिशिल प्यानलवाटै नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनका दिनेश कुमार शाहीले ६३ मत ल्याएर कोषाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी रोजिना खत्रीले ६० मत प्राप्त गरेकि थिईन् । त्यसैगरी प्रगतिशिल प्यानलवाट प्रकाश वलीले ६५ मत ल्याएर सदस्य पदमा विजयी भएका छन्, सपना सोनामले ६३ मत ल्याएर विजयी भएकि छन्, नरेन्द्र प्रशाद उपाध्यायले ६२ मत ल्याएर विजयी भएका छन् । त्यसैगरि सदस्य पदमा उपविजेता हासिल गर्ने बामपन्थी प्यानलका वीरबहादुर बोहराले ५६ मत प्राप्त गरेका थिए, सविना पाण्डेले ५७ मत प्राप्त गरेकि थिईन्, भक्तबहादुर बिकले ५४ मत प्राप्त गरेका थिए । प्रत्यक्ष तर्फको निर्वाचनमा बामपन्थी प्यानलवाट सभापतिका उमेरदवार मात्र विजयी भएको र अन्य सचिव, कोषाध्यक्ष र तीन सदस्य पदमा प्रगतिशिल प्यानलका उमेरदवार विजयी भएको निमित्त क्याम्पस प्रमुख वुढाले जानकारी दिए । समानुपातिक तर्फ बामपन्थी प्यानलले ५८ मत प्राप्त गरेको छ भने, प्रगतिशित प्यानलले ६१ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचनमा दई मत बदर भएका छन् भने, प्यानलमा मतदान गर्नु पर्ने प्रावधान भएता पनि दुई मत नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लाई मतदान गरिएको छ । समानुपातिक तर्फ प्राप्त मत प्रतिशतका आधारमा सात दिन भित्रै स्ववियु उपसभापति, स–सचिव र तीन सदस्य मनोनित गर्नु पर्ने प्रावधान रहेको छ ।
दीपबहादुर घर्ती / जाजरकोट

Pradip Khadka स्ववियु निर्वाचन

विशेष