राजनीति

मधेसको घटना दुःखद र निन्दनीय - नेता पौडेल

मधेसको घटना दुःखद र निन्दनीय - नेता पौडेल
फागुन - २४ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए। मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो । मधेसको घटनाले स्थिति बिग्रिँदै गएकाले सरकारलाई संयम हुन उनले सुझाव दिए । मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलले बताए।

Ramchandra Paudel

विशेष