राजनीति

संघीय गठबन्धनद्वारा नेपाल बन्दसहित व्यापक आन्दोलनमा जाने निर्णय

संघीय गठबन्धनद्वारा नेपाल बन्दसहित व्यापक आन्दोलनमा जाने निर्णय
फागुन - २४ । संघीय गठबन्धनले सप्तरी घटनाको विरोध गर्दै नेपाल बन्दसहितका आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनमो बसेको गठबन्धनको बैठकले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन २६ गते देशव्यापी प्ले कार्डसहितको र्याली प्रर्दशनका साथै विरोध सभा गर्ने र फागुन २७ गते नेपालबन्द लगायतका आन्दोलनका कार्यक्रम गर्ने बैठकले निर्णय गरेको हो । त्यसैगरी गठबन्धनले निर्वाचनको मिति फिर्ता लनिको लागि सरकालई सात दिने अल्टिमेटम दिएको छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न गठबन्धनले माग गरेको छ । समयसीमा भित्र परिवमार्जनसहित संशोधन प्रस्ताव नआए र निर्वाचनको घोषणा फिर्ता नलिए मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

संघीय गठबन्धन

विशेष