भिडियो

‘केपी ओली भारतको एक नम्बरको दलाल हो, गधालाई धोएर गाई हुन्न ।’ – सहसंयोजक झा (भिडियोसहित)

‘केपी ओली भारतको एक नम्बरको दलाल हो, गधालाई धोएर गाई हुन्न ।’ – सहसंयोजक झा (भिडियोसहित)

  -  रामचन्द्र झा, सहसंयोजक, नयाँ शक्ति नेपाल


नेकपा एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियान दम्भ प्रदर्शनको अभियान हो । पार्टीका औपचारिक कार्यक्रम, गतिविधि, सभा सम्मेलन भएको भए एउटा कुरा हुन्थ्यो । तर, देशभरिको शक्ति उतारेर मधेसलाई तर्साउन खोज्ने दम्भ प्रदर्शन स्वभाविक रुपमा दुःखद हुन्छ । पहिला एमालेले राजनीतिक समस्याको सामाधान राजनीतिक ढंगले रोज्नुपर्दथ्यो । संविधाानमा रहेका असन्तुष्टिहरु र राजनीतिक स्थानीय निकायकै चुनावको सन्दर्भमा रहेका राजनीतिक असन्तुष्टिहरुबारे आफू संलग्न हुँदै मधेस केन्द्रीत दलहरुलाई समेत विश्वासमा लिँदै राज्य पक्षमा गएको भए अलि परिपक्व हुन्थ्यो । सबैलाई समेटेर गएको भए समस्याको सामाधान गर्न पनि सहज हुन्थ्यो । तर, एकलौटि ढंगले एमालेले आफ्नो शक्ति प्रदर्शन गर्न खोज्यो । एमाले यसरी प्रस्तुत भएपछि मधेस केन्द्रीत दलहरुले आफूलाई जिस्क्याएको जस्तो ठाने । यति हुँदाहुँदै पनि एमालेले यदि मेचीदेखि महाकालीसम्म हाइवेबाट मात्र गएको भए यस्तो दुर्घटना हुने थिएन । हाइवेभन्दा पनि हरेक सदरमुकामसम्म पुगेर आफ्ना गतिविधिले मधेसी जनता जिस्काउने ढंगले गायो । राज्यपक्षले जहाँ दंगाको सम्भावना र जनधनको क्षति हुने स्थिति छ त्यस क्षेत्रलार्इ दंगाग्रस्त क्षेत्र घोषित गर्ने र कर्फ्यु लगाउने गर्दछ । यो एमालेको हकमा पनि प्रयोग गर्न सकिन्थ्यो । तर, त्यसो हुन सकेन । यो राज्य पक्षको कम्जोरी हाे । यदि औद्योगिक क्षेत्रमा भन्दा रंगशालामै सभा गरेको भए र त्यहाँ दंगाग्रस्त क्षेत्र घोषित गरेको भए यो दुर्घटनालार्इ बच्न सकिन्थ्यो । तर, एमालेले त्यो पनि गरेन । सिधैँ विद्रोही पक्षलाई एकै ठाउँ उतारेर यताउता सबैबाट ढुंगामुडा भयो, यसले गर्दा एकअर्काको विरुद्धमा उत्तेजक स्थिति पैदा भयो । एकजना नागरिकको ज्यान लिनु भनेको राज्य पक्षको अनुचित काम हो । यस हिसाबले एमालेको यो दम्भ प्रदर्शनको परिणाम हो । अलिकति बुद्धि पुर्याएको भए यसलाई रोक्न र पन्छाउन सकिन्थ्यो र राजनीतिक सहमतिमा लैजान सकिन्थ्यो ।


सन्की नेतृत्वको कारण नकारात्मक असर अहिले पनि यदि एमालेमा सद्बुद्धि छ भने एमाले आफूलाई क्षति हुनेबाट जोगाओस् । सिंगो मुलुकमा हामी हिरो छौँ भन्ने ढंगले अरुलाई देखाउन खोज्दा त्यहाँबाट पनि पुच्छर लुकाएर हिड्नुपर्ने स्थिति आउन सक्ने छ । जुन कुरा एमालेका लागि प्रतिउत्पादक सावित हुने छ । एमालेको सन्की नेतृत्वको कारणले गर्दा देशमा नकारात्मक असर पैदा भयो । सन्की नेतृत्व नभएको भए यो स्थिति हुने थिएन । आजसम्म र योभन्दा पहिला एमालेको यस्तो नेतृत्व थिएन । यो ढंगको परिणम पनि आएको थिएन । पहिला माओवादीसँग द्वन्द्व भयो, तर सिधै जनतासँग मुठभेद हुने स्थितिबाट एमाले जोगिदैँ आएको थियो । यसपाली भने एमाले आफ्नो सन्की नेतृत्वको कारण यो स्थिति आयो । एमालेले यदि मधेसको नेतृत्व बलियो होस् भन्ने भावना राखेको भए एमालेको महाधिवेशन सकिएलगत्तै वा त्यसको केही समयपछि कार्यक्रम गर्नु पर्दथ्यो । तीन वर्षपछि मेची–महाकाली अभियान चलाएर एमालेले मधेसी जनता जिस्क्याउने काम गरेको हो । त्यती मात्रैले नपुगेर यो टकरावको पूर्वसन्ध्यामा आएर २१ जना मधेसीहरुलाई नेतृत्व विकासको लागि होइन बरु बलीको बोका बनाउन तिनीहरुलाई अघि सारिएको हो । यो एमालेको अत्यन्त छुद्र बुद्धि हो । मधेसीहरुलाई होच्याउने र मधेसीहरु जुनसुकै बेला फालिएका जुठो जसरी जान्छन् भन्ने हिसाबले देखाउन खोजिएको हो ।


२१ जनालाई बलीका बोका बनाइयो मनोनित २१ जना एमालेका निष्ठनवान् कार्यकर्ता हुन् । तर, ती हालै मनोनित गरिएका मध्ये अधिकांश राष्ट्रिय अधिवेसनमा पराजित भएका थिए । अहिले आएर उनीहरु यस्तो समयमा मनोनयित भएका छन्, जसले गर्दा उनीहरु पदका लोभी हुन भन्ने नराम्रो छाप मधेसी जनतामा पर्न गएको छ । जस्तोसुकै अवस्थामा पनि फालिएको जुठो खान तयार छन् भन्ने सोचेर २१ जनालाई अपमानित ढंगले एमालेले मनोनयन गरेका हो । उनीहरुको मनोनयन कुनै सम्मानको लागि होइन । एमालेको यो सम्मेलनलाई शान्तिपूर्ण सम्मेलन भन्न मिल्दैन । यो आमसभा होइन । यो मेची–महाकाली अभियान भनेर मधेस जागरण गराउने काम गरेको हो । तर, मधेसी सुतेका छैनन् । संविधानमा मधेसीका कतिपय कुरा वञ्चित गरिएका छन् भनेर सारा मधेसीले बुझेका छन् । हाम्रो मास्टर बनेर उनीहरु प्रस्तुत नबनुन् । हामीलाई होच्याएर गर्ने यस्ता कुनै काम उनीहरुले नगरुन् ।


अोली कसरी राष्ट्रप्रेमी ? हिसोसम्म राष्ट्रघातीको नाम आउँदा सबभन्दा बढि कम्युनिष्टबाट केपी ओलीको नाम आउँथ्यो । तर, केपी ओली भारतको एक नम्बरको दलाल हो । महाकाली सन्धि भारतलाई बुझाएकै कारण तीनै योगेश भट्टराई, घनश्याम भूषाल र वामदेव गौतमले पार्टी फुटाएका हुन् । अवधिभरि भारतको दलाली गरेर यो सरकार हटाएर अर्को सरकार ल्याउने, भारतको हितमा ल्याउने र सारा भूमिका केपी ओलीको थियो की थिएन ? आफ्नै पार्टीका मान्छे र आफ्नै पाटीका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दा म प्रस्तावक थिए र भीम आचार्य समर्थक थिए । त्यतिबेला सबै काम भारतको इसारामा गरेर आफ्नै पाटीका अध्यक्षलाई प्रभानमन्त्री हुन दिएनन् भन्ने समाचार सबैतिर नआएका होइनन् । उनलाई राष्ट्रवाद त सपनामा देख्ने कुरा हो । जो राष्ट्रवाद छ ऊ सधैँ राष्ट्रभक्ति र राष्ट्रप्रेममा समर्पित हुन्छ । अरुको इशारामा चल्ने मान्छे एक खण्डमा आएर राष्ट्रवादीको पुच्छर साबित गर्ने गोरुलाई जतिसुकै साबुन र रंग लगाए पनि गधालाई गाई बनाउन सकिदैन । केपी ओलीले राष्ट्रप्रति गर्दै आएका दुष्प्रयासहरु एक दिनमा सफा हुँदैन । यो मैले मात्र नभएर उनकै पार्टीका पदाधिकारीहरुले भन्दै आएका कुरा हुन् । मदन भण्डारी मेमोरियल कलेजमा कति पैसा भारतको सहयोगबाट आएको र कुन–कुन बिल्डिङ भारतले दिएको छ र मदन भण्डारी मेमोरियल फाउण्डेसनमा कति करोड औपचारिक रुपमा हस्ताक्षर गरेर सहयोग लिएको छ ? उतिबेला भारतको सहयोग लिँदा उनी राष्ट्रघाती भएनन्, अहिले आएर धेरै ठूलो राष्ट्रवादी बन्न खाजे ।


सुगम मधेसलाई दुर्गम बनाइयो मधेसका कति सुगम ठाउँहरु आफैँमा दुर्गम बन्दैछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम किन अहिलेसम्म सुरु हुन सकेको छैन ? मधेसको विकासको लागि आएको बजेट कहाँ गयो र कसरी कार्यन्वयन् भयो ? एकातिरको बजेट लगेर अर्कातिर रिप्लेस गर्ने चरित्र हामीले बुझेका छौँ । हामी केटाकेटी होइनौँ जसरी पहिला केपी ओलीले हामीलाई झुक्याउने प्रयास गरेका थिए अब कदापी सक्ने छैनन् । म नेपालको राजनीतिमा चालीस वर्षदेखि सक्रिय छु । भारत पक्षीय र आफ्नो राष्ट्रविरुद्ध आजसम्म बोलेको छैन । वैदेशिक नितीको विषयमा मैले बुझेसम्म छिमेकीहरु आफ्नो राजनीतिमा एकतावद्ध छन् । भारत सरकार जे बोल्छ त्यो भारतीय सरकारको राजनीतिक पार्टीको बोलाई हो । तर नेपालमा भने यस्तो देखिदैन । मुलुकको यो समस्यालाई समाधान गर्न जिम्मेवारपूर्वक प्रस्तुत हुनुपर्छ । अहिले विखण्डा मच्चाउने काममा एमालेको महत्वपूर्ण भूमिका छ । एमालेले आफूलाई सच्याएर अगाडि बढ्नु पर्दछ । संविधान संसोधन लगायतका विषयलाई वार्ताद्वारा छलफल गरिनुपर्छ । एमाले आफँै जान्ने छु भनेर प्रस्तुत भएर हुँदैन । त्यस हिसाबले एमालेले आफ्नो आशंकाको कुरा पनि राखोस् र अरुको कुरा पनि सुन्ने विनम्रता राखोस् । यो नै एमालेको लागि सर्वोत्तम हित हो । र, अर्काे कुरा चुनाव कुनै माला जप्ने विषय होइन चुनावको लागि उपयुक्त वातावरण मिल्नुपर्छ । उपयुक्त वातावरण मिले हामी जुनसुकै समयमा पनि चुनावमा भाग लिन तयार छौँ ।


र योपनी,


► पहाडबाट कार्यकर्ता ओसारेर मधेसमा ताण्डव गरे ओलीले

 

KP Sharma Oli Naya Shakti Nepal ram chandra jha

विशेष