राजनीति

विधिविहीन बन्दै कांग्रेस

विधिविहीन बन्दै कांग्रेस

फागुन २५ । पार्टी विधान अक्षरशस् कार्यान्वयन गर्दै नेता, कार्यकर्ता र शुभेच्छकहरुको ऊर्जा एवं क्षमतालाई गतिशील र पार्टी निर्माणमा लगाउनु छ’ नेपाली कांग्रस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठीक एक वर्षअघि भनेका थिए।

तर, उनले पार्टी नेतृत्व सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ। पार्टी मूल नेतृत्वमा निर्वाचित भएको एक वर्षमा सभापति देउवा विधानअनुसार संगठनिक कार्यसम्पादन गर्न असफल बनेका छन् । विधानअनुसार महाअधिवेशन भएको २ महिनाभित्र गठन गरिसक्नुपर्ने समिति र निकाय अझैसम्म गठन हुन सकेका छैनन्।

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले चार पटक गरी १२ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । बाँकी नौ केन्द्रीय सदस्यसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन भएको छैन भने संसदीय समिति, केन्द्रीय कार्यसम्पादन विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनमा राजनीतिक नेतृत्व उदासीन देखिएको छ। केन्द्रीय सदस्य शेखर कोइरालाले महाधिवेशन पछिको एक वर्षमा पार्टीको सांगठानिक जीवनमा तात्विक अन्तर नआएको बताए।

नागरिक

काँग्रेस नेपाली काँग्रेस

विशेष