राजनीति

सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

फागुन २५ । सप्तरी घटनामा मृत्यु हुनेको संख्या बुधवार बिहानसम्म चार पुगेको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।

गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाले आह्वान गरेका दुई दिने मधेस बन्दको दोस्रो दिन पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मोर्चा कार्यकर्ताले बिहानैदेखि बिरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने भन्दै जिल्लास्थित एमाले कार्यालयमा आक्रमण गरेका छन् । अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा कडा बनाएको छ ।

saptari ghatana

विशेष