सप्तरी गोलीकाण्डमा मारिनेको संख्या चार पुग्यो, मधेसमा आज पनि बन्द
फागुन २५ । सप्तरीको राजविराज घटना प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्र कुमार महताको बुधबार बिहान उपचारका क्रममा ज्यान गएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार सप्तरीको मलेठ–२ बस्ने ३८ वर्षीय महतोको सघन उपचार कक्ष आइसियुमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो । महतोसहित राजविराज घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्का एकजनाको पनि सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।