राजनीति

मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घर तोडफोड

मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घर तोडफोड
फागुन २५ ।  संघिय लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । राजविराज ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । ढुंगामुढावाट घरका अधिकांश झ्याल र ढोकामा क्षती भएको छ । अनिश्चितकालिन सप्तरी वन्दको घोषणा गरेको मोर्चाका कार्यकर्ताले विहानैदेखि सप्तरीमा प्रदर्शन गरिरहेका छन् । राजविराज लगायत जिल्लाका मुख्य–मुख्य वजार र चौकमा विहानै देखि टायर वालेर प्रदर्शन भईरहेको छ । वजार, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सवै वन्द छन् । फाट्टफुट्ट मोटरसाईकल, एम्वुलेसन्स र दमकल वाहेक कुनै पनि सवारी साधन संचालनमा आएका छैनन् । आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलवार विभिन्न सवारी साधन र कार्यालयमा आगजनी र तोडफोड गरेपछि सप्तरीमा त्रासको अवस्था उत्पन्न भएको छ ।

Saptarai

विशेष