चैत्र ७ गतेबाट हुने भनिएको राप्रपाको मेचीकाली यात्रा स्थगित

फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र ७ गतेबाट गर्ने भनेको मेची कालीयात्रा स्थगित गरेको छ ।
देशमा हालको परिस्थीतिलाई मध्यनजर गर्दै यात्रा स्थगित गरिएको राप्रपाका एक नेताले नेपाल आजलाई बताए । नेकपा एमालेको मेचिमहाकाली यात्राका क्रममा सप्तरीमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएपछि उक्त कुरालाई मध्यनजर गर्दै स्थगित गरिएको राप्रपाले जनाएको छ ।
kamal Thapa
Raprapa
