राजनीति

सप्तरी घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने

सप्तरी घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने
फागुन - २५ । नेकपा एमालेले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाकोे स्पस्ट जानकारी दिन विहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ । बुधबार पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपकाविरुद्धमा कार्यकर्तालाई स्पस्ट पार्न र घटनाको भन्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनकाअनुसार भेलामा काठमाडौं उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चारसंगठनका सदस्य र सम्पर्क कमिटीअन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । यसैगरी, बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानकाबारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्नेजस्ता अमानवीय र अराजनीतिककार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ ।

UML

विशेष