राजनीति

अखिल नेपाल शिक्षक संघ कैलालीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

अखिल नेपाल शिक्षक संघ कैलालीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

फागुन - २५ । राष्ट्रिय जनमार्चा निकट अखिल नेपाल शिक्षक संघ कैलालीको तेस्रो जिल्ला अधिवेशन बुधबार धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले नरेश भट्टको अध्यक्षतामा १७ सदसिय नयाँ जिल्ला कार्य समिति समेत चयन गरेको हाे । उपाध्यक्षमा योगराज आचार्य, महिला उपाध्यक्षमा गोमती जोशी, सचिवमा खेमानन्द कडेल, सहसचिवमा नवराज संज्याल, कोषाध्यक्षमा लक्ष्मी भट्ट, सहकोषध्यक्षमा माया राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा आनन्दी गुरुङ्ग, सुलोचना कडायत, हुकुम साउँद, दिपिका भट्ट, यज्ञराज रिजाल, चक्र विक, अन्जु वोहरा, कृष्ण प्रसाद संज्याल कलावती भट्ट चयन गरेको छ । यस्तै अधिवेशनले जयदेव भट्ट, हंस खड्का र चक्र वि.कलाई सल्लाहकारमा चयन गरेको छ । कैलाली जिल्ला अध्यक्ष नरेश भट्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष खेमराज बडु र विशिष्ठ अतिथीमा वरिष्ठ वामपन्थी नेता आरसी भट्ट रहेका थिए। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, कैलाली जिल्ला अध्यक्ष लक्षीराम आचार्य, प्रगतीशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा सेती–महाकाली ईचार्ज सुशील ढुङ्गानाले कार्यक्रममा सुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक संघ

विशेष