राजनीति
मृतकका आफन्तलाई १० लाख दिने, घटना छानबिन गर्न समिति गठन गर्ने निर्णय
बुधबार, २५ फागुन २०७३ गते प्रकाशित

फागुन–२५ । सप्तरी घटनामा मृत्यु हुनेका परिवारलाई सरकारले जनही १० लाख राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सप्तरीको राजविराजमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको चार जनाको परिवारलाई राहत दिने निर्णय गरेको हो ।
बैठकले घटनामा घाइते भएका सबैलाई निः शूल्क उपचार गर्ने निर्णय सहित मृतकका परिवारलाई दिने राहत र घाइतेको उपचार खर्च तत्काल निकासाका लागि अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
सो बैठकले राजविराजको घटनाको जाँचबुझ गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । घटनाको छानबिन गर्न सरकारले समितिलाई १५ दिनको म्याद दिएको छ ।
मन्त्रिपरिषद्
मृतक
सप्तरी घटना