सडकमा सवारी अवरोध गर्नेलाई तीन वर्ष जेल
फागुन २६ । सडक ढाकेर जुलुस, र्याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान, जेल पर्नुहोला ।
सरकारले सडक आवागमन अवरोध पुर्याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।
व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको छ । नागरिक
Sadak Jam