विचित्र विश्व

अनौठो रेष्टुरेन्ट, जहाँ निवस्त्र वेटरको जिउमा पस्किएको स्वादिष्ट खाना खान पाइन्छ

अनौठो रेष्टुरेन्ट, जहाँ निवस्त्र वेटरको जिउमा पस्किएको स्वादिष्ट खाना खान पाइन्छ

स्पेनमा एउटा यस्तो रेष्टुरेन्ट खुलेको छ, जहाँ जाने महिला तथा पुरुषहरुले त्यहाँका आफुलाई मनपर्ने पुरुष वा महिला वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफुपनि नांगै भएर खान सक्दछन् ।

दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा मुखै रसाउने भोजन गर्नुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ ।

त्यहाँ छिर्नुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ र उनीहरुले लगाएका कपडा फुकालेर स्नान वस्त्र लगाउन दिइन्छ । त्यसपछि पाहुनाहरु भोजनस्थल तर्फ प्रस्थान गर्दछन् । भोजनका लागि कुर्सीमा बस्नुअघि उनीहरुले जिउमा लगाएका बाँकी कपडा पनि फुकाल्छन् र निकै आत्मीय तथा उत्तेजक वातावरण आत्मसाथ गर्दछन् । हरेक टेबुलहरुलाई बाँसले छुट्टाइएको छ र हरेक पाहुनाहरुले आफ्नो गोपनीयता केही हदसम्म कायम गर्न पाउँछन् ।

यो रेष्टुरेन्टमा पस्किने मेनुमा विभिन्न यौनबर्धक भोजन छन् । अझ रोचक त के भने त्यस्ता भोजनहरु केवल पातले लाज ढाकेका वेटर तथा वेट्रेसका निर्वस्त्र जिउमा राखेर पाहुनालाई पस्किइन्छ ।

भोजनपछि खुवाइने डेजर्ट पनि कम्ता उत्तेजक छैन । ह्याप्पी इण्डिंग डेजर्टमा पग्लेको चाकोलेटमा चोपलिएका निर्वस्त्र मोडेलहरुको सिँगो जिउ उपलब्ध हुन्छ । जहाँ पाहुनाहरुले स्ट्रबेरी चोपेर खान सक्छन् ।

एजेन्सीकाे सहयाेगमा

Bichetra Nestura

विशेष