राजनीति

हतारमा संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा - नेता पाैडेल

हतारमा संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा - नेता पाैडेल
फागुन - २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरेका छन् । विहीबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गरे। उनले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने भन्ने कारण नै नरहेको बताए । नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने बताए । हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

Ramchandra Paudel

विशेष