राजनीति

७ दिनभित्र ५ बुँदे माग पूरा नभए जनविद्रोह - मधेसी मोर्चा

७ दिनभित्र ५ बुँदे माग पूरा नभए जनविद्रोह - मधेसी मोर्चा
फागुन - २६ । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ बुँदे मागहरु पूरा भएन भने मधेश आधारशिला भएर देशभरि नै जनविद्रोह गर्छो, त्यसको गम्भिर गृहकार्यमा हामी जुटिसकेका छौं, अब मोर्चा चुप लागेर बस्दैन, छिट्टै घोषणा गर्छ ।’ उनले अघि भने,‘ऋषिजी काठमाडौंमा हाम्रो यसरी भेट अब अन्तिम हुनसक्छ, अब हामी राजधानीमा भेट नहुनेगरी मधेश जाँदैछौं।’ यादवले आफूहरुले नखाएको विष खाएको जसरी प्रचार गरिएकोप्रति कडा आपत्ति जनाउँदै भने,‘एमाले पार्टी के हो भन्ने कुरा अब घामजस्तै छर्लङ् भैसकेको छ ।’ उनले मधेशी जनतालाई अधिकार दिने कुरामा राज्यले कन्जुस्याँई गरेको आरोप लगाए । यादवले भने,‘निर्दोष जनता मधेशमा अब कति मर्ने रु हामी अब वारपारको लडाई लड्छौं ।’ आफूहरुको जनविद्रोहको स्वरुप कस्तो हुन्छ भन्ने कुरामा राज्यले दमन गर्ने शैलीबाट थाहा हुने समेत जनाए । उनले भने, ‘राज्यले दमन गरे, हामीले बन्दुक उठाउने सम्मको सोच बनाएका छौं ।’ यादवले भने,‘मधेश आधारशिला बनाएर अब हामी उत्पीडित, शोषित, महिला, जनजाति, मधेशी, थारु, मुस्लिमहरुको अधिकारको लागि जनविद्रोह गर्छौं, तर जनविद्रोह माओवादी युद्ध जस्तो हुँदैन, स्वरुप कस्तो हुने भन्नेबारेमा हामी छलफल गर्छौं।’ उनले आफूहरुको जनविद्रोह अब पुर्वको लिम्बुवानदेखि पश्चिमको खसाङ्सम्म र दक्षिको मधेश देखि उत्तरको शेर्पासम्म केन्द्रित हुने उनले चेतावनी दिए । उनले मधेशी मोर्चा अब मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत भैरहेको समेत जनाए । उनले एमालेको नश्लवादी चिन्तन र हठबाजी सोचाईका कारण सप्तरी घट्ना घटेको आरोप लगाए। उनले भने,‘यो घट्ना जुन किसिमले घटाईयो, यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्छ।’ उनले एमालेले जनताको लागि भन्दापनि आफ्नो लागि राजनीति गरेको हो भन्ने कुरा सप्तरी घट्नाले प्रष्ट पारिसकेको बताए। उनले एमालेले उक्त अभियान दुईरचार दिन सारेको भए घट्ना नघट्ने समेत बताए। एमालेको गतिविधिका कारण मधेशी जनताले स्वतःस्फूर्त विरोध गरेको स्पष्ट पारे। उनले भने,‘एमालेको रणनीति मधेशी र पहाडीयावीच जातीय द्धन्द्ध फैलाउने थियो, एमालेले विखण्डनकारी राजनीति गर्दैछ, यो देशको राष्ट्रियताको परिभाषा गर्ने ठेक्का एमालेले लिएको छ।’ यादवले राजविराज घट्नालाई आफूहरुले सामान्य रुपमा नलिएको उल्लेख गर्दै भने,‘मधेशी जनतालाई भेडा बाख्राजसरी मारिरहने हो भने हामी अर्को बाटो समात्न बाध्य हुन्छौं।’ उनले आफूहरु निर्वाचन विरोधी नभएको समेत स्पष्ट पारे। उनले भने,‘तर, देशलाई द्धन्द्धमा लैजाने निर्वाचनमा हामी किन भाग लिन्छौं र रुयो देशमा जे अस्थिरत, भाँडभैलो भैरहेको छ अहिले त्यो एमालेको कारणले भएको छ।’ उनले एमाले नदी बेचेर आएको पार्टी भएको आरोप लगाउँदै आफूहरुलाई लोकतन्त्र र राष्ट्रियताको पाठ नपढाए हुन्छ भन्दै कडा चेतावनी दिए ।

Madheshi Morcha

विशेष