राजनीति

नेपाल सरकारले गर्याे काबुलमा गाेली चलेकाे घटनाकाे निन्दा

नेपाल सरकारले गर्याे काबुलमा गाेली चलेकाे घटनाकाे निन्दा
फागुन–२६ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ । घटनामा कैयौँ घाइते भएको खबरबाट मर्माहत भएको भन्दै सरकारले त्यसकाे निन्दा गरेको हाे । आतङ्कवादका सबैै रुप र प्रकटीकरणविरुद्ध नेपाल सरकारको स्पष्ट अडान छ र त्यसको निन्दा गर्छ भन्दै परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सो निकृष्ट घटनाका दोषीलाई चाँडै न्यायको कठघरामा उभ्याइने विश्वास व्यक्त गरेको छ । सरकारले दुःखको यस घडीमा नेपाली जनताका तर्फबाट अफगान सरकार, त्यहाँका जनता र मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

अफगानिस्तान आक्रमण निन्दा नेपाल सरकार

विशेष