राजनीति

नवनियुक्त मन्त्री थापा र गिरीद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्री थापा र गिरीद्वारा सपथ ग्रहण
फागुन - २६ । उपप्रधान एवं सघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र संस्कृति पर्यटक तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । विहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापा र गिरीलाई गोपनियताको सपथ ग्रहण गराए। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका हुन्। राप्रपाका परशुराम तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी पनि भएको छ । प्रधानमन्त्रीले तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । अहिले स्थानिय विकासमन्त्रीमा माओवादीको सिफारिसमा हितराज पाण्डे र पर्यटन मन्त्रीमा कांग्रेसको सिफारिसमा जीवन बहादुर शाही छन् । पाण्डे र शाहीलाई फिर्ता बाेलाइएकाे छ ।

kamal Thapa

विशेष