भिडियो

पार्टीको कार्यक्रममा राष्ट्रको झन्डा बोकेर केपी ओलीले के गर्न खोजेका हुन् ? (भिडियोसहित)

पार्टीको कार्यक्रममा राष्ट्रको झन्डा बोकेर केपी ओलीले के गर्न खोजेका हुन् ? (भिडियोसहित)

फागुन २६ । नेकपा एमालेका कहिलेकाहीँ उठाउने विषयहरु बडा उत्ताउला हुन्छन् । जस्तो, पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डा उठाउने कुरा सबै नेपाली जनतालाई सह्य हुने कुरा भएन । दोस्रो कुरा, मधेसमा गएर कार्यक्रम गरेर राष्ट्रवाद जोगिने होइन । यसको अर्थ मधेसका जनताहरु कोही राष्ट्रवादी छैनन् भन्ने अर्थ जान्छ । त्यसले गर्दा मधेसी जनताले हिनतबोध महशुस गर्छन् । एमालेले त्यसो गर्नु उचित हुने थिएन । राष्ट्रवाद भनेको नेपालका सम्पूर्ण जनजाती र जनता मिलेर बस्ने वातावरण बनाउनु ।

यहाँ त पहाडका केही मनिसहरुले जे बोल्यो त्यही नै राष्ट्रवाद भएको ठान्छन् । पहाडीयाको जे रहनसहन छ त्यही राष्ट्रवाद हो भन्ने चलन छ । राष्ट्रवाद नेपाललाई अहिले चाहिएको चिज होइन । नेपाललाई अहिले चाहिएको चिज भनेको देशभक्ति हो । राष्ट्रवाद भनेको अरुको देश भन्दा आफू उन्नत हुँ भनेर देखाउने तरिका हो तर देशभक्ति भनेको अरुको देशसँग समान हुनुपर्छ भन्ने र देश जोगउनुपर्छ भन्ने हो । राष्ट्रवाद र देशभक्तिको कुराा धेरैले नबुझेर यो समस्या भइरहेको छ ।


मोर्चाको आलोचना गर्दा मधेसीलाई हुन्छ ?

केपी ओलीलाई मधेसका उपेन्द्र यदव राजेन्द्र महतो र महन्थ ठाकुरहरु नै मधेसका सबैभन्दा शक्तिशाली नेता हुन् भन्ने लागेको छ । त्यहाँ मधेसमा अन्य थुप्रै जनता, समाजसेवी र कार्यकर्ता छन् । उनीहरु सबै राजेन्द्र महतो र महन्थ ठाकुरको कुरामा हिँडेका छैनन् । कहिलेकाहीँ बाबुराम भट्टराई पनि मधेस भनेको उपेन्द्र यादव र राजेन्द्र महतोमात्र हो भन्ने ठान्छन् । फरक प्रसंगले केपी ओलीको पनि दृष्टिकोण त्यही देखिन्छ । राजेन्द्र महतोहरुको मधेसमा त्यति धेरै लोप्रियता भएको जस्तो मलाई लग्दैन ।

त्यसो हुन्थ्यो भने नाकाबन्दीको समयमा उनीहरुले बोर्डरमा गएर आन्दोलन गर्दा पनि किन जनताको सहभागी थिएन ? आन्दोलन विफल भएरै उनीहरु काठमाडौंम बार्गेनिङ गर्न र सत्ता परिवर्तनको खेल खेल्न आए । त्यस्तो अन्तिम चरणको आान्दोलन विफल भएको देख्दादेख्दै पनि फेरि उनीहरुसँग सबै कुरा छ भन्ने सोच्नु मूर्खता हो ।


आफ्नै बलले मधेसमा राजनीति

मधेसी मोर्चाको साथ नभएपनि त्यहाँका जनतालाई संगठित गरेर र जनतालाई बुझाएर विभिन्न ठूला पार्टीले शालीनतापूर्वक आफ्नो अभियान गर्ने हो भने यो मधेसी मोर्चाको अहिलेको बालहठलई न्यूनिककरण गर्न सकिन्छ ।


देश टुक्रिने स्पष्ट आधार

मधेसी मोर्चाको जुन अहिलेको शक्ति छ, उसले जति प्रयत्न गरेपनि देश टुक्राउने अवस्थामा उनीहरु लैजान सक्दैनन् । मधेस जनताको धारणा पनि देशलाई टुक्राउने दिशातर्फ छैन । उनीहरुका अफ्नै राष्ट्रवादी धारणा छन् । मधेसबाट आएका गोपाल वंशीहरुले सबैभन्दा पहिले नेपाल राज्यको स्थापना गरेका हुन् । केही मानिसहरुले आफ्नो निहित राजनीतिक स्वार्थको लगि जुन यो वितण्ड गरिरहेका छन् । यो एकदिन मधेसवादी जनताले अवस्य बुझ्नेछन् । यसलाई राजनीतिक पार्टीमा गएर गलत काम गर्नुहुन्न । एमलेले यस्तो गर्न खोजेको देखिन्छ । अभियनको शिलशिलामा मधेसी मोर्चाका कार्यर्तासँग झडप गर्न खोजेको देखिन्छ । यो निसन्देह अहिलेको राजनीतिक माग होइन । एमालेले आाफ्नो राजनीतिक स्वार्थको लागि मधेसमा मेची महाकाली अभियाानबाट झगडा गर्न खोजेको देखिन्छ । यसो गर्न हुँदैनथ्यो ।

जुन तरिका उहाँहरुले अपनाउनुभएको छ त्यो भएन । राजेन्द्र महतोले मधेसलाई एमाले मूक्त बनाउने कुरा गर्दै आएका छन् । न यो उनले गर्नसक्ने कुर हो । एमालेले पनि मधेसी मोर्चालाई हामी देखाउँछौ भन्दै जाने कुरा ठिक होइन ।

तराइमा एमाले कमजोर भएर आफूलाई स्थापित गर्न गएको भएपनि जुन तरिका उनीहरुले अपनाए त्यो ठिक थिएन । जुन लाठी जुलुस एमालेले गर्यो यो झडप गर्न तयार भएको देखियो । एमालेजस्तो प्रमुख प्रतिपक्षी पार्टी जनतासँग गएर लाठी जुलुस गर्न सुहाएन ।

(नयाँ शक्तिका नेता भट्टराइसँगको अन्तर्वार्ताको मुख्य अंश)

baburam bhattarai Madeshi Morcha Naya Shakti Nepal Nirmal Bhattarai

विशेष