‘जुन जोगी आए पनि कानै चिरेको’ भन्दै प्रश्न गरिएपछि दीपकराज गिरी फायर
फागुन २७ ।
‘छक्का पञ्जा’ तीन दिन पनि हलमा नटिकेको भए के गर्नु हुन्थ्यो ?
–फिल्मको नाम चेन्ज गरेर दुवा तिर्की राखिदिन्थे ।
‘छक्का पञ्जा’को सफलता मात्र एउटा सपना भइदियो भने के गर्ने होला ?
–बैंकबाट फोन आउथ्यो होला । त्यो गाडीको किस्ता चाँडै तिर, पैसा नहुनेले किन गाडी चढ्नु भन्थे होलान् ।
प्रधानमन्त्री प्रचण्डलाई ‘छक्का पञ्जा’मा खेलाउनै पर्ने बाध्यता भएको भए कुन रोल दिनु हुन्थ्यो ?
–शिवहरि पौडेलेको रोल दिन्थें । दृश्यमा पछाडि आएर पनि हिरो हुने, कति वर्ष गायब हुने, आएपछि बदला लिने ।
बिहानै उठ्दा सुन्दर युवती बन्नु भयो भने ?
–तुरुन्त भुवन केसीलाई कल गर्न लगाउँथे । ‘दाई, सहरमा नयाँ माल आएको छ’ भनेर
थानकोटको तपाईको घरमा अचानक त्रिशूलीको बाढी पस्यो भने ?
–अस्ति भैचालो पस्यो, फेरि बाढी पसाउने तपाई को ? यो प्रश्न कसले सेत ग¥या ? ‘छक्का पञ्जा’ नचल्या भए, घरमा बाढी पस्यो भने ...के दुश्मनी छ मसँग ?
एक दिनका लागि ऋषि धमला बन्नु भयो भने ?
–पारस खड्कालाई फुटबल क्याप्टेन बनाइ विश्वकमपमा पुर्याईदिन्थे ।
जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान कुन सन्दर्भमा बनेको होला ?
–जोगी रे... ? यही एउटा प्रश्न बाँकी थियो, त्यो पनि आयो । गिरी हुँ भनेर जानी जानी यो प्रश्न छाड्न् भएको होइन ? दिन्न यसको जवाफ ।
–साप्ताहिकबाट