राजनीति

स्थानीय तहको निर्वाचन रोकिँदैन : उपप्रम थापा

स्थानीय तहको निर्वाचन रोकिँदैन : उपप्रम थापा
फागुन–२७ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीको स्वागत तथा सम्मानका लागि शुक्रबार आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले वर्तमान सरकारको विकल्प अहिले खोजेमा निर्वाचन अन्योलमा पर्ने र संविधान कार्यान्वयन धरापमा पर्ने भन्दै निर्धारित समयमा स्थानीय निर्वाचनको सुनिश्चितताका लागि पछिल्लो पटक राप्रपाले सरकारमा आफ्नो नेतृत्वमा सहभागिता जनाएको बताए । राप्रपाका अध्यक्ष थापाले संविधान संशोधन यथास्थितिमा हुन नसक्ने पार्टीको पूर्ववर्ती मान्यता परिवर्तन नहुने पनि बताए  । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री पर्शुराम तामाङले आफूहरुले सरकारमा रहेर देश र जनताप्रतिको निष्ठा तथा पार्टी सिद्धान्तलाई कायम गर्ने प्रतिबद्धता व्यक्त गरे  । यसअघि पार्टीका नेता दीपक बोहरा र विक्रम पाण्डे मन्त्रिमण्डलमा सहभागी भइसकेका छन् । रासस  

उपप्रधानमन्त्री कमल थापा निर्वाचन स्थानीय तह

विशेष