राजनीति

छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनःओली

छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनःओली
फागुन - २७ । सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान शुक्रबार हेटौँडाबाट पुनः सुरु भएको छ । शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार स्वीकार्य नभएको बताएका छन्। उनले राजविराजको घटनामा सत्ताधारी दलहरुको नियत के हो भन्ने प्रस्ट हुनुप-यो भन्दै सो घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्री ओलीले भने, 'कञ्चनपुरमा भारतीय एसएसबीले गरेको घटना निन्दनीय छ' । सभामा एमाले महासचिव ईश्वर पोखरेलले ‘एमालेविरुद्ध जबर्जस्त मोर्चाबन्दी भइरहेकाले एमालेको राष्ट्रवादी आन्दोलन सही हो भन्ने पुष्टि भएको’ बताउँदै राष्ट्रियताका लागि जनतालाई एक जुट बनाउन एमाले लागिरने बताए । एमालेको जनजागरण अभियानको -याली शनिबार हेटौँडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान यही फागुन २१ गतेदेखि झापाबाट सुरु भएको थियो ।

KP Sharma Oli

विशेष