किन गायब पारियो सुगौली सन्धिपत्र ?
काठमाडौं – सुगौली सन्धीमा के छ ? यसको ऐतिहासिकता र औचित्य कति छ ?
भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ। यसको कारण हो–सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु । सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत । इतिहासकार अध्येता अन्वेषव मात्र होइन सम्बन्धित अधिकारी नै यसबारे अनविज्ञता प्रकट गर्छन् । चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल–भारतबीच ‘उकुज’ बन्दै आएका छन् । सन्धिको सक्कलप्रति कतै भेटिँदैन, रेकर्डमा रहेको टाइपिङ प्रति अनेक किसिमले विवादित छ, सीमाविद् दावी गर्छन्, ‘सक्कली सन्धिपत्र भेटिए नेपालले ठूलो भूभाग फिर्ता पाउन सक्ने देखेर भारतले गायब पारेको हुनुपर्छ । ’ –नागरिक दैनिकबाट