१५ दिनभित्र १३ सय कार्यकारी अधिकृत पुग्दैछन् गाउँ गाउँ
फागुन–२८ । स्थानी तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कपल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो । नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन् ।
स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी अधिकृत आवश्यक पर्छ । मन्त्रालयले एक सय २२ कार्यकारी अधिकृत आफ्नैबाट खटाउने तयारी गरेको छ भने बाँकी तीन सय ९१ सामान्य प्रशासन मन्त्रालयसँग मागेको छ । माग भएमा तीन सहसचिव, एक सय ९७ उपसचिव र एक सय ९१ शाखा अधिकृत छन् ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपलब्ध कार्यकारी अधिकृतलाई एक साताभित्र स्थानीय तहमा पठाउने जानकारी दिए । बाँकी भने सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध गराएलगत्तै पठाइने उनको भनाइ छ । उनले भने,‘सबै कर्मचारी खटिन करिब १५ दिन लाग्नेछ ।’ स्थानीय तह सात सय ४४ तय गरिएको छ । यसमध्ये चार महानगरपालिका र १३ उपमहानगरपालिका छन् । दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका छन् । –नयाँ पत्रिकाबाट