विचित्र विश्व

विश्वमै बढी तौल भएकी महिलाको सफल उपचार, १०० किलोग्राम तौल घट्यो

विश्वमै बढी तौल भएकी महिलाको सफल उपचार, १०० किलोग्राम तौल घट्यो
फागुन–२८ । विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको शल्यक्रिया सफल भएको छ । ३६ वर्षकी एमानको तौल नियन्त्रणको लागि अस्पतालको प्रत्यक्ष निगरानीमा गरिएको उपचारमा उनको १०० किलोग्राम तौल घटिसकेको छ । भारतको मुम्बईस्थित सैफी अस्पतालमा एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अहिले उनलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ । उनको शरीर शल्यक्रियाका लागि बेहोस पारिए पनि अहिले क्रमशः सुधार आएको छ । विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण कारण घर बाहिर निस्कन नसक्ने एमानलाई जनवरीमा विशेष विमानमार्फत भारत लगिएको थियो । शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुअघि उनको तौल ५०० किलोग्राम थियो ।

इजिप्टकी महिला एमान अहमद अब्देल अटी बढी तौल शल्यक्रिया

विशेष