राजनीति

सप्तरी घटनाको मुख्य कारक तत्व बाबुराम भट्टराई रहेको तथ्य पत्ता लाग्यो

फागुन २९ । ‘संविधान संशोधन नगरी स्थानीय निर्वाचन गरियो भने हेक्का रहोस्, त्यो ज्ञानेन्द्रको जस्तो चुनाव हुन्छ । यस्ता चुनाव धेरै देखेका छौं । चुनाव गर्दै जानुहोस्, तर त्यसको परिणाम भोग्न पनि तयार रहनुहोला ।’

१७ फगाुनमा काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवाको रुपमा विजयकान्त कर्णले दिएको चेतावनी हो, यो । उनको थप भनाइ थियो, ‘बन्दुर प्रहरीसँग मात्रै छैन, बजारमा पनि किन्न पाइन्छ ।’ कर्णले यस्तो अभिव्यक्ति दिएको ठीक एक सातापछि २३ फागुनमा सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भयो । १९ जना घाइते भए ।

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित सभा बिथोल्न पुगेका मधेसी मोर्चा समर्थकहरुलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

पूर्व राजदूतसमेत रहेका कर्णको हिंसा प्रेरित गर्ने अभिव्यक्ति र राजविराज घटना संयोग मात्रै थिएन । विश्लेषक नीलाम्बर आचार्य उत्तेजक र साम्प्रदायिक अभिव्यक्तिले आम जनतामा सीधै असर पार्ने बताउँछन् । उनका अनुसार समाजका अगुवा र बुद्धिजीवीहरुल्े दिने सार्वजनिक अभिव्यक्तिले सर्वसाधारणमा गहिरो प्रभाव पारिरहेको हुन्छ ।

९ फागुनमा सरकारले आउँदो ३१ वैशाखमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै विरोधमा उत्रेका बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको कार्यक्रममा कर्णले यस्तै उत्तेजक धारणा राखेका थिए । भट्टराईले १२ फागुनमा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर त्यस्तै उत्तेजक विज्ञप्ति जारी गरेका थिए । –हिमाल खबर पत्रिकाबाट

विशेष