क्यानडाको धारामा आयो यस्तो पानी, रहस्य यस्तो छ
सहरबासीका धाराहरुमा गुलाबी रंगको पानी आउन थालेपछि क्यानेडियाली सरकारले माफी माग्नु परेको छ । हाम्रो देशमा पानी नै नआउँदा तथा लेदो आउँदा समेत सरकारलाई मतलब हुँदैन । तर क्यानडाको एक सहरको प्रशासनले भने धारामा गुलाबी रंगको पानी आएपछि जनताहरुसँग माफी नै मागेको छ ।
क्यनडाको अल्बेर्टास्थित वनोवेका मानिसहरुले आफ्ना घरका धारामा गुलाबी रंगको पानी आएको भन्दै नगर प्रशासन कार्यालयमा गएर गुनासो गरे । त्यस्तो गुनासो आएपछि आखिर के भएको रहेछ भनेर प्रशासनले जाँच गर्यो । त्यसपछि बल्ल पत्ता लाग्यो गुलाबी पानी आउनुको रहस्य ।
सहरका मेयरले जारी गरेको विज्ञप्तीअनुसार पानी प्रशोधन केन्द्रमा प्रयोग गरिएको पोटासियम परम्याग्नेट नामक रसायनको खराब साइड इफेक्टका कारण पानीको रंग बदलिएको रहेछ ।
यो रसायन मिसिएर गुलाबी रंगमा बदलिएको पानी पिउँदा पनि मानिसहरुको स्वास्थ्यमा असर नपर्ने तर यसबारेमा जनतालाई समयमै जानकारी नगराउँदा मानिसहरुमा त्रास उत्पन्न भएको भन्दै मेयरले माफी मागेका छन् । पानी प्रशोधन गर्दा पानीमा भएको आइरन र हाइड्रोजन सल्फाइडलाई हटाउनका लागि पोटासियम परम्याग्नेटको प्रयोग गरिन्छ । तर यसो गर्दा केही प्राविधिक गडबडी भएकाले पानीको रंग नै बदलिन पुुगेको हो ।
विश्व स्वास्थ्य संगठनले भने उक्त रसायनले मानिसमा छाला चिलाउने समस्या ल्याउने बताएको छ ।
Canada Water Gulabi water in Canada