राजनीति

लोहनीले कमल थापालाई परित्यागको पत्र लेख्दै पार्टी छोडे

लोहनीले कमल थापालाई परित्यागको पत्र लेख्दै पार्टी छोडे
फागुन–२९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका छन् । एकता महाधिवेशनपछि थापाले पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् । पार्टीले स्थापनाकालदेखिको हलो चिन्ह छोडेर गाई राखेपछि लोहनी असन्तुष्ट थिए । एकता महाधिवेशनमा अध्यक्षका लागि चुनाव लड्ने तयारीमा रहेका लोहनी अन्तिम समयमा पछि हटेका थिए । लोहनीले पार्टी कार्यालयमा बुझाएको पार्टी परित्याग गरेको पत्रमा लगातार २५ वर्षदेखि काम गरेको पार्टी छाड्नु पर्दा दुःख लागेको पनि बताएका छन् ।

परित्याग प्रकाशचन्द्र लोहनी राप्रपा

विशेष