राजनीति

राप्रपा पार्टी परित्याग गरेका लोहनीको ११ बुँदे असन्तुष्टिसहितका आरोप

राप्रपा पार्टी परित्याग गरेका लोहनीको ११ बुँदे असन्तुष्टिसहितका आरोप

फागुन–२९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आइतबार बाट पार्टी परित्याग गरेका छन् । उनले थापालाई पत्र लेख्दै परित्याग गरेका थिए । रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत परित्यागको घोषणा गरेका लोहनीले कमल थापालाई पत्र लेख्दै आजको मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जनाएका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् । आफूले लगातार २५ वर्षदेखि काम गरेको पार्टी छाड्नु पर्दा दुःख लागेको पनि बताएका छन् । एकता महाधिवेशनपछि थापाले पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्रमा ११ बुँदे असन्तुष्टिसहितका आरोपहरु लगाएका छन् । जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विधेयकमा भारी असन्तोष व्यक्त गर्दै आएको हो, र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो। राप्रपाका मन्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन्। अचानक यी सबै बुँदाहरुमा पार्टी्भित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो, यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेशको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् ।’ त्यस्तै एकता अधिवेशनपछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन्, एनसेल कम्पनीको कारोबारसँग गाँसिएको ३५ अर्ब राजस्व उठेको छैन, उक्त रकम ३५ अर्बले दुई सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकारे यो गुमाउन तयार देखिन्छ, यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे हाम्रो पार्टीको भनाई के रह्यो भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्रै प्रयोग हुन थालेको आरोप लगाए ।

पार्टी परित्याग प्रकाशचन्द्र लोहनी राप्रपा

विशेष