राजनीति

सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक : नेता खनाल

सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक : नेता खनाल
फागुन–२९ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताएका छन् । एमालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत आइतबार नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको जिकिर गरे । अभियानमार्फत स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा सन्देश दिन खोजिएको उनको भनाइ थियो । नेपाली जनताको स्वाभिमानलाई शिखरमा पुर्याउन एमालेले अभियान ल्याएको बताउँदै नेता खनालले मधेसी मोर्चाले विभिन्न बहानामा अभियानलाई निष्कृय पार्न खोजेपनि सफल भएको दाबी गरे । सभामा एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाललगायत केन्द्रीय नेताको उपस्थिति थियो । रासस

एमाले झलनाथ खनाल मेची–महाकाली जागरण अभियान सार्वभौमसत्ता

विशेष