कांग्रेसी मन्त्रीहरुलाई विस्थापित गरेर विजय गच्छदार सरकारमा जाने
फागुन ३० । मधेसी मोर्चाले संविधान संशोधनमा अड्डी कसेपछि प्रधानमन्त्री प्रचण्ड सकसमा छन् । आफ्नै नेतृत्वमा स्थानीय तहको निवाचन गराउन मसक्क कस्सिएका प्रचण्ड मोर्चाले संविधान संशोधनलाई बटमलाई बनाएपछि कुनै पनि मूल्यमा संविधान संशोधन गराएर आफ्नो कुर्सी जोगाउने रणनीतिमा छन् । यही रणनीतिअनुशार प्रचण्डले ७३ फगुन २६ गते बिहीबार मात्रै संघीयताविरोधी राप्रपाका अध्यक्ष कमल थापालाई त्यही स्ंघीयता कार्यान्वयन गराउने दायित्व बोकेको मन्त्रिपरिषदमा सुनप पानी छर्केर भित्र्याए । तर, कमल थापाको सहभागीताले मात्रै प्रचण्डको सत्ता यात्रा सुनिश्चित भएको छैन । त्यसैले मधेसी मोर्चाको सरकार छाड्ने धम्की आएपछि विचलित बनेका प्रचण्ड आफ्नो आयु लम्ब्याउन धेरैभन्दा धेरै दलको सहभागिता सरकारमा गराउन लागि परेका छन् ।
सदाबहार सत्ताका खेलाडी विजय गच्छदार यही फर्मुला अनुसरा सरकारमा सहभागी बन्दैछन् । तर, गच्छदारको मन्त्रिपरिषदमा छिट्टै हुन लागिरहेको प्रवेश मौजुदा मन्त्रिपरिषदका केही मन्त्रीहरुका लागि भने त्रासको विषय बनेको छ । माओवादी नेता हितराज पाण्डलाई विस्थापित गरेर कमल थापा मन्त्रिपरिषदमा भित्रिएको देखेर केही कांग्रेसी मन्त्रीहरु त्रस्त भएका हुन् । –साँघु साप्ताहिकबाट