राजनीति

शहिद गौतमको अन्त्येष्टि

शहिद गौतमको अन्त्येष्टि

फागुन ३० । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोलीहानीहत्या गरेका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथअन्त्योष्टि गरिएको छ ।

कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्तीदिए । अन्त्यष्टी भएको दोदा आर्यघाटमा नेपालप्रहरीको एक टुकुटीली अन्तीम सहिद सलामीदिएर राष्ट्रिय सम्मानप्रदान गरिको थियो ।

गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरकाहजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेतीअञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए । सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।

उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमाश्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावकाकारण सीधै दोदा नदीकिनार लगिएको थियो ।नेपाल–भारत सीमाभन्दानिक्कै वर आनन्दबजारमा कल्वर्ट राख्ने बिषयमा सुरु भएको विवादले उग्ररुप लिँदा भारतीय एसएसबीले गत बिहीबार गौतमको गोलीहानी हत्या गरेका थिए ।

Gobinda Gautam

विशेष