चैत्र ३ गतेभित्रै सबै स्थानीय तहमा कर्मचारी खटाउन आयोगको निर्देशन

फागुन ३० । निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्रै ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि स्थानीय तहमा कर्मचारी आवश्यक पर्ने भन्दै चैत ३ गतेभित्र कार्यस्थलमै पुग्ने गरी कर्मचारी खटाउन निर्देशन दिएको हो ।
आयोगका पदाधिकारीहरुले आइतबार मुख्यसचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढाउन कर्मचारी आवश्यक भएकाले तत्काल खटाउन निर्देशन दिएका हुन् ।
आयोगले सामान्य र स्थानीय विकास मन्त्रालयलाई आपसमा समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन भनेको छ । आयोगले स्थानी तहको निर्वाचन अवधिभर चुनाव सम्पन्न गराउने काममा संलग्न हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा नखटाउनसमेत निर्देशन दिएको छ ।
Nirbachan ayog