राजनीति

गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय मागे

गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय मागे
चैत १ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दुई महत्वपूर्ण मन्त्रालय मागेको छ । फोरम लोकतान्त्रिकले दाहाल सरकारमा सहभागी हुन उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय मागेको हो । गच्छदार निकट सांसद डा। सुबोधराज पोखरेलले भौतिक र स्वास्थ्य मन्त्रालय दिनुपर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष माग गरिएको बताए । उनका अनुसार मन्त्रालयबारे अध्यक्ष गच्छदार, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको छ । नागरिक

Bijaya Gachhadar

विशेष