राजनीति

साझा पार्टी र विवेकशील नेपाली पार्टी मर्ज हुने

साझा पार्टी र विवेकशील नेपाली पार्टी मर्ज हुने

चैत –१ । सराजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रवीन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको भन्दै उनले साझा पार्टी खोलेर त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटिरहेका छन् । तुलनात्मक रुपमा यसलाई बुद्धिजीवीहरुले सकारात्मक ठानेका छन् । पार्टी स्थापनाको सुरुमा उनले अर्को पार्टीसँग मर्ज गर्ने सम्भावना बढेको छ । तीन वर्षअघि स्थापना भएको विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकीकरणका लागि वार्ता अघि बढेको स्रोत बताउँछ । विभिन्न क्षेत्रका स्थापित युवाहरु मिलेर स्थापना भएको विवेकशील पार्टीले दोस्रो सविधानसभा निर्वाचनमा भाग लिइसकेको छ । –दृष्टि साप्ताहिकबाट

विशेष