राजनीति

एकसाता लामो भारत भ्रमणमा जाँदै बाबुराम भट्टराई

एकसाता लामो भारत भ्रमणमा जाँदै बाबुराम भट्टराई

चैत्र १ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै छन् । आज दिउँसो ३ः३० बजे उनी दिल्ली प्रस्थान गर्ने छन् ।

इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । उनले सभालाइए १५ मार्चमा सम्बोधन गर्ने छन् । ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नेछन् । उनी २१ मार्चमा नेपाल फर्कनेछन् ।

Baburam Bhattrai Bbauram

विशेष