राजनीति

एमालेको सभा विथोल्ने मोर्चाको रणनीति, गर्यो नेपालगञ्ज बन्दको आव्हान

एमालेको सभा विथोल्ने मोर्चाको रणनीति, गर्यो नेपालगञ्ज बन्दको आव्हान

चैत्र १ । एमालेको मेची महाकाली अभियान अन्तर्गत आज नेपालगन्जमा हुने आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध प्रयास गरेको छ ।

मोर्चाले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका सवारीलाई रोकेका छन् । एमालेको सभाविरुद्ध मोर्चाले बन्दसमेत आह्वान गरेका छन् । सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एमालेले रामलीला मैदानमा आमसभाको तयारी गरे पनि मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

Morcha

विशेष