राजनीति

मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्न खोज्दा दुई राउण्ड हवाइ फायर

मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्न खोज्दा दुई राउण्ड हवाइ फायर
चैत्र–१ । बाँकेमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीले २ राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास हानेको छ । एमालेका कार्यकर्तालाई नेपालगञ्ज पुर्याएर दाङतर्फ फर्किदै गरेको भे १ ख २०४२ नम्बरको बसमा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेपछि तनाव बढेको हो । मोर्चाका कार्यकर्ताले नेपालगञ्ज–गुलरिया सडक अवरुद्ध गरेर अरु गाडी पनि तोडफोड गर्न थालेसँग प्रहरीमाथि पनि ढुंगामुढा गर्न थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न सुरुमा अश्रुग्यास र पछि २ राउण्ड हवाइ फायर गरेको थियो । घटनामा कोही घाइते नभएको र २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोर्चाका कार्यकर्ता तितरवितर भएपछि अहिले गुलरिया–नेपालगञ्ज सडकखण्ड खुलेको छ । मेची महाकाली अभियान अन्तर्गत एमालेले नेपालगञ्जमा मंगलबार आमसभा गरेको छ ।

प्रहरी मोर्चा हवाइ फायर

विशेष