राजनीति

मधेसी मोर्चाबाट संसद् बैठक वहिष्कार

मधेसी मोर्चाबाट संसद् बैठक वहिष्कार
चैत्र–१ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वहिष्कार गरेको छ । बैठक सुरु भएलगत्तै मोर्चाका सांसद्हरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सरकार देश र जनताप्रति गम्भीर नभएको भन्दै सांसद लक्ष्मणलाल कर्णले आरोप पनि लगाएका छन् । संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलले बेवास्ता गरेकोले बैठक वहिष्कार गर्नुपरेको कर्णले बताएका छन् । कर्णले संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म पुनसंरचना आयोगको प्रतिवेदन र निर्वाचनलाई स्वीकार नगर्ने बताएसँगै मोर्चामा आबद्ध दलका सांसदहरुले संसद् बैठक वहिष्कार गर्दै बाहिरिएका थिए ।

मधेसी मोर्चा वहिष्कार संसद् बैठक

विशेष