छिट्टै समाधान निस्कनेमा रामचन्द्र पौडेल विश्वस्त
चैत्र–१ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा सबै दलको सहभागिताका लागि तराई– मधेसकेन्द्रित दलसित संवाद जारी रहेको र छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरेका छन् ।
नेपालका लागि चीनका राजदूत यु होङसँग मंगलबार पौडेल निवास बोहराटारमा भएको भेटमा उनले ती दलका माग संविधान संशोधनमार्फत पूरा हुने पनि जानकारी गराए । नेता पौडेलले संविधान संशोधन सबै दलको सहमति र सहकार्यमा हुने र निर्वाचनले संविधान कार्यान्वयन हुँदै राजनीतिक थप स्थायित्व आउने विश्वास व्यक्त गरेकाे उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो अवसरमा चिनियाँ राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राखेका थिए । रासस
रामचन्द्र पौडेल
समाधान
स्थानीय निर्वाचन