राजनीति

खनालले छाडे नयाँ शक्ति

खनालले छाडे नयाँ शक्ति
चैत्र २ ।नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार ट्विटरमा यसको जनाउ दिएका हुन् । एक ट्विटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले लेखेका छन्, ‘म कुनै पार्टीमा आवद्ध छैन । राजनीति मेरो क्षमताको विषय रहेनछ । अब के भनुँ ।’ खनाल नयाँ शक्तिमा स्थापनाकालदेखि नै संलग्न थिए । सो पार्टीको आर्थिक नीति निर्माणमा उनको योगदान रहेको छ ।

Rameshwor Khanal

विशेष