पूर्वयुवराज पारसका सहयोगी बाबुराम भट्टराईको ढुकुटी सम्हाल्दै
चैत –२ । कुनै बेला पूर्वराजपरिवारका एक सदस्यको आर्थिक सहयोगीले अहिले नयाँ शक्ति नेपालको आर्थिक व्यवस्थापन हेर्ने जिम्मवारी सम्हालिरहेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, त्यो यथार्थ हो । पूर्वराजा ज्ञानेन्द्र शाहसँग मनमुटाव तीव्र भएपछि बिरक्तिएर केही वर्ष थाइल्याण्डमा बसेका पूर्वयुवराज पारस शाहको सबै खर्चबर्च बेहोर्ने सुनिल खड्काले अचेल भने नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र उनको पार्टीको आर्थिक व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
पूर्वयुवराज पारस लागूऔषध सेवनका कारण थाइल्याण्डमा जेल पर्दा र थाइल्याण्डमा बस्दा उनको सबै खर्च बर्च व्यहोरिदिने खड्काले अहिले भने नयाँ शक्ति नेपालको महत्वपूर्ण विभाग ठानिने उत्पादन तथा आर्थिक व्यवस्थापन विभागको संयोजकको भूमिका पाएका छन् । –बुधबार साप्ताहिकबाट