राजनीति

मधेशी मोर्चाले सप्तरीका मृतक परिवारलाई क्रिर्या खर्च दियो

मधेशी मोर्चाले सप्तरीका मृतक परिवारलाई क्रिर्या खर्च दियो

चैत्र २ । नेकपा एमालेको मेची–महाकालि राष्ट्रिय अभियानका क्रममा प्रहरीसंगको झडपमा ज्यान गुमाएका ५ जनाको परिवारलाई संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आर्थिक सहयोग गरेको छ ।

मोर्चाका संयोजक दिनेश यादवले वुधवार प्रेस विज्ञप्ति जारी गरी मृतकका परिवारलाई २ लाख ५५ हजार रुपैयां आर्थिक सहयोग गरिएको जानकारी दिएका छन् ।

मृतक पाँचै जनाको घरमा पुगी क्रिया खर्च वापत प्रति परिवार ५१ हजार रुपैयाँ उपलब्ध गराईएको उनले जानकारी दिए । यसअघि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तथा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँचै जनाको घरमा पुगी पार्टीका तर्फवाट प्रति परिवार २५÷२५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।

नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा गत फागुन २३ गते भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर मलेठ–२ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र विरेन्द्र महतो, प्रसवनी–४ का ३५ वर्षिय आनन्द कुमार साह र जमुनी मधेपुरा–१ का ५० वर्षिय ईन्द्रदेव यादवको मृत्यु भएको थियो ।

saptari ghatana

विशेष