राजनीति

भारत असल छिमेकी हो, पूर्वप्रधानमन्त्री सिंह

भारत असल छिमेकी हो, पूर्वप्रधानमन्त्री सिंह

चैत्र २ । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका छन् ।

सिंहको निवासमा भएको भेटमा पूर्वप्रधानमन्त्री दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे जानकारी गराएको निधिको निजी सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त अबसरमा सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएका थिए । दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्थ्यो ।

गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । लामो सयमदेखि अस्वस्थ रहनुभएका त्रिपाठीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

Bimalendra Nidhi Dipkumar Upadhya manamohan singh Nepal India Relationship

विशेष