पिएचडीको अनुसन्धान गर्न चिनियाँ व्यापारीले सञ्चारमन्त्रीलाई घुमाए युरोप र ल्याटिन अमेरिका
चैत–२ । विवादीत छविका सञ्चारमन्त्री सुरेन्द्र कार्की उर्फ राम कार्की सरकारी खर्चमा आफ्नो निजी सोधका लागि क्युबा पुगेर चे ग्वेभारा सम्बन्धी अध्ययन गरी सोमबार नेपाल फर्केका छन् ।
विश्व मोबाइल सम्मेलनको बहाना पारेर डेढ हप्ता अघि सिक्कीम सरकारको कर्मचारीसमेत रहेकी पत्नीलाई साथै लिएर उनी युरोप गएका थिए । आफूलाई अध्ययनशील ठान्ने र पर्यावरण बिग्रन्छ भन्दै चीनसँगको नाका खोल्नु हुँदैन भन्ने मान्यता राख्ने सञ्चारमन्त्री कार्कीलाई अपुग खर्चको चाँजो पाँजो चिनियाँ व्यापारीले मिलाइदिएको बुझिएको छ ।
पिएचडी उपाधिका लागि उनी कम्युनिस्ट नेता चे ग्वेभारा बारे अध्ययन गरिरहेको बताइन्छ । मन्त्री कार्कीका मिडिया संयोजक राजेन्द्र किराँतीले पनि यो कुराको पुष्टि गरेका छन् । उनले भने, ‘मोबाइल सम्बन्धी एक्स्पोका लागि युरोपका केही देश जानु भएको हो । त्यही क्रममा क्यूबा पनि जानु भयो होला ।’
china border nepal